काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा कांग्रेस सांसद रामहरी खतिवडाले नियमापत्ति गरेका छन्।

ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकराी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !