काठमाडौं । वर्तमान नेपालकाे प्रतिनिधि सभामा सर्वाधिक उमेरका राप्रपाका जेष्ठ सांसद पशुपति शमशेर राणाले याे सरकार जुनसुकै बेला गिर्न सक्ने बताएका छन् । जेष्ठताका आधारमा सभाध्यक्ष भएर संसद चलाएका राणाले एक कार्यक्रममा बाेल्दै भने, “तपाईँहरू तयार रहनोस्, कुनै पनि बेला यो संसद ढल्न सक्छ” ।

राणाले याे सरकारले असुभताकाे संकेत गरिरहेकाे भन्दै प्रचण्डलाई सपथ गराउँदा राष्ट्रिय गीत बजिरहेको बेलामा झ्याप्पै बत्ती गयो। अँधकार भयो। के त्यो शुभ संकेत हो? भनेर प्रश्न गरे ।
राप्रपाभित्र संसदीय दलकाे नेतादेखि सरकारकाे कसले प्रतिनिधित्व गर्ने विषयमा विवाद चलिरहेकाे बेला राणाले सार्वजनिकरूपमै कुनै पनि बेला संसद ढल्ने कुरा बाेलेकाे भिडियाे सार्वजनिक भएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !