Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आज राति मध्यपुरथिमिमा ‘जिब्रो छेड्ने जात्रा’ मनाइँदै

आज राति मध्यपुरथिमिमा ‘जिब्रो छेड्ने जात्रा’ मनाइँदै

भक्तपुर । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)आज राति थिमिमा भव्यरूपमा मनाउन जात्राको तयारी पूरा भएको छ ।

आज राति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पूरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउँछन् । धेरै वर्षसम्म अर्थाभावका कारण पटक–पटक रोकिँदै आएको यो जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनःसञ्चालनमा ल्याएको थियो ।

वीरेन्द्रभक्तले विसं २०७४ मा जिब्रो छेडाएपछि २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि यस वर्ष आज राति यो जात्रा हुने भएको हो । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिने भएको हो ।

संस्कृतकर्मी श्रेष्ठका अनुसार जात्राको आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ वटा किसली–माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याउने प्रचलन सम्पन्न भएको छ ।

जात्राको एक दिनअघि ‘छोइलभु’ हुन्छ । रातो भालेको बलिसहित पूजा गरी भोज खुवाइन्छ । येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा)लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन् । कसैसँग बोल्न पनि हुँदैन । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

उनले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके ९नायः पमा० श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्ययाएको बताए ।

उनले भने, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ, यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिनेर परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।”

आज राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरी देवतालाई साक्षी राखेर जिब्रो छेड्ने श्रेष्ठले बताउनुभयो । जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वासका साथ आज साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा गरेपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरवसामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याउने गरिन्छ ।

डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिहरूले “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादीप)बोकेर उहाँको इच्छाअनुसार नगर परिक्रमा गराइन्छ ।

धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् । त्यसपछि जामनः (गुरू)ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छन् । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

त्यसदिन जिब्रो छेड्ने व्यक्तिको घरमा सगुन लिएपछि सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ । भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ । यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो)लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन ।

मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७÷१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् ।

जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरु भागे र पछि आएनन् ।

त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमीको श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

15 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!
अन्य

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

15 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली
जनप्रभाबन्युज विशेष

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

15 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने
जनप्रभाबन्युज विशेष

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

18 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल
जनप्रभाबन्युज विशेष

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

18 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल
जनप्रभाबन्युज विशेष

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

18 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

15 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

15 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

15 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

18 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

18 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

18 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh