Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तनहुँ प्रहरीमा युट्युबर र टिकटकरको भीड पीडित’को पक्षमा उभिए अभिनेत्रीहरू

तनहुँ प्रहरीमा युट्युबर र टिकटकरको भीड पीडित’को पक्षमा उभिए अभिनेत्रीहरू

काठमाडौं । नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । तर, कानुनी दायरामा पुगेको विषयमा जथाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्न नहुने मत पनि सार्वजनिक भएका छन् ।जबर्जस्ती करणी र यौन शोषणको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ ।

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौन सम्पर्क गरेमा बलात्कार ठहरिन्छ । तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आतंकित’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन् । पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन् । युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ ।

प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी पीडितको नाम लिएर चरित्रहत्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ ।‘बालबालिकासम्बन्धी ऐन, २०७५’ मा ‘बालबालिका भन्नाले १८ वर्ष उमेर पूरा नगरेको व्यक्ति सम्झनुपर्छ’ भनिएको छ । ऐनको दफा ७८ को (२) मा ‘कसैले पनि बालबालिकाविरुद्धको कसुरबाट पीडित बालबालिकाको पहिचान खुल्ने गरी कुनै पनि सञ्चारमाध्यममा सूचना वा समाचार सम्प्रेषण गर्नु हुँदैन’ भनिएको छ ।

तर, आफू प्रहरी नियन्त्रणमा पर्नुअघि आरोपी पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिका ‘साइबर बुलिङ’को शिकार भइरहेकी भन्दै आवाज पनि उठिरहेको छ । नाबालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ । विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन ।

आफूलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी उक्त नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाबारेमा मौनता साँध्ने पनि धेरै छन् ।विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मीटू र जिरो टोलरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायका विरुद्ध आवाज उठाउने केही अभिनेत्रीहरू समेत यी नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ’मा मौन छन् ।

बालिकाले जाहेरी दिएकै कारण ‘साइबर बुलिङ’ को शिकार हुनुपरेपछि मौनता साँधेको आरोप खेपिरहेका केही अभिनेत्रीहरूले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।मंगलबार बिहानै अभिनेत्री रेखा थापाले नाबालिकालाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको बताइन् । आफ्नो आधिकारिक फेसबुक पेजमा उनी लेख्छिन्, ‘समाजको दायित्व नाबालिकालाई संरक्षण गर्नु हो । उनको को–कोसँग कस्ता सम्बन्ध थिए ? जस्ता तर्कहिन कुरा गरेर नैतिक मापदण्ड र हिलो छ्याप्ने लज्जाजनक व्यवहार नदेखाउँ ।’
अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिकाको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएकोले दायित्व पूरा गर्ने बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छिन् ।अभिनेत्री सञ्चिता लुइँटेलले आपत्तिजनक भिडियोहरू भाइरल भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । यस्तो कार्यमा बालबालिकालाई पनि प्रयोग गर्नु अझै दुखद् भएको उनको भनाइ छ ।

कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न सञ्चिताले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी छन् । यसमा उनले प्रहरीको पनि ध्यानाकर्षण गराएकी छन् । अर्की अभिनेत्री लक्ष्मी बर्देवाले पनि सामाजिक सञ्जालमार्फत नै कानुनविपरीत कार्य गर्दा सजाय भोग्नु पर्ने उल्लेख गरेकी छिन् । ‘हामीले बुझ्नु पर्छ, कानुनविपरीत क्रियाकलाप गर्दा सजाय भोग्नु पर्छ । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैँमा मुर्खता हो,’ लक्ष्मीले लेखेकी छिन् ।

आरोपितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन् । पलविरुद्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन् । बालिकाको लुगा नच्यातिएकाले बलात्कार भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ । ‘खोइ, ती बालिकाको लुगा च्यातिएको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन । त्यसलाई कसरी जबर्जस्ती भन्ने ?’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन् । उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अपराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

15 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!
अन्य

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

15 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली
जनप्रभाबन्युज विशेष

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

15 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने
जनप्रभाबन्युज विशेष

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

18 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल
जनप्रभाबन्युज विशेष

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

18 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल
जनप्रभाबन्युज विशेष

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

18 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

15 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

15 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

15 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

18 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

18 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

18 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh