Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालको भूमि लिपुलेकमा सडक निर्माण गरेको विषयमा चीन र बेलायतसँग पनि कुरा गर्नुपर्छ – गृहमन्त्री बादल


काठमाडौं,बैशाख २९ गते सोमबार । गृहमन्त्री रामबहादुर थापा (बादल )ले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोवरसम्म जाने सडक निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीय रूपमा समस्याको हल गर्नुपर्नेमा जोड दिँदै उनले चीनले सहमति नजनाउने हो भने त्यस सडकको खास औचित्य नहुने बताए ।

‘त्यसलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्न खोजिँदै छ, त्यसकारण त्रिदेशीय रूपमा छलफल गरी लिपुलेक भञ्जाङलाई प्रयोग गर्न नदिने हो भने मुलुकको आन्दोलनले सफलता पाउनेछ,’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री थापाले भने । सोही विषयमा छलफल गर्न आज समितिले गृहमन्त्री थापालाई बोलाएको थियो ।

सन् १८१६ को सुगौली सन्धि ब्रिटिससँग गरिएकाले यसलाई निष्कर्षमा पुऱ्याउनका लागि सांसदहरूले बेलायतसँग समेत छलफल गर्नुपर्नेमा जोड दिएका थिए । गृहमन्त्री थापाले बेलायत सरकारसँग छलफल गर्ने कुरा मननयोग्य रहेको बताए ।

सीमा सुरक्षाको संघर्षको टुक्राटुक्रामा मात्रै नभई सिंगो रूपमा लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले कूटनीतिक प्रयासलाई गति दिने र यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । उनले प्राविधिक रूपमा मुलुकको भूमि समेटेर नक्सा जारी गर्नु जरुरी रहेको औँल्याउँदै यसतर्फ सरकारले गम्भीरर रूपमा सोच्ने र आफूले निर्णायक निकायमा पुऱ्याउने आश्वासन दिए ।

गृहमन्त्री थापाले पूर्वशासकको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्दै गएको उल्लेख गरे । ‘उनीहरूले राष्ट्रियतासम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालको सीमामा भारतीय सेनालाई चौकी स्थापना गर्न अनुमति दिनु हो,’ मन्त्री थापाले भने, ‘यो गम्भीर र ऐतिहासिक भूल हो, त्यसैको परिणाम हामीहरूले भोग्दै आएका हौँ ।’ चीनको आक्रमणबाट बचाउन भारतले नेपालको सीमामा अस्थायी चौकी राख्ने अनुमति मागेकामा तत्कालीन शासकले अनुमति दिएका र पछि भारतले आफ्नो सेनालाई स्थायी रूपमा राखेको गृहमन्त्री थापाको प्रष्टोक्ति थियो ।

केही हदमा तत्कालीन शासकले लडेर केहीलाई फर्काउन सफल भए पनि कालापानीबाट भारतीय सेना फर्काउन नसक्दा आज पनि हजारौँ भारतीय सेना कालापानी क्षेत्रमा छन् । सैन्य मात्रै नभई राजनीतिक रूपमा पनि लिपुलेक, कालापानी क्षेत्रमा भारतले कब्जा जमाएको छ । अहिले बाटो बनाएको मात्रै विषय नभई भारतले प्रशासनिक इकाइलगायतको थुप्रै संरचना बनाइसकेको गृहमन्त्री थापाले जानकारी दिए ।

भारतले झन्डै चार सय वर्गकिलोमिटर नेपालको भूभाग अतिक्रमण गरेको उनले बताए । भारतले राजनीतिक नक्सा बनाएपछि नेपाल सरकारले समेत आवाज उठाएको उनले बताए । अहिले मानसरोवर जाने बाटोको विषयमा सरकारले आधिकारिक रूपमा विरोध जनाइसकेको मन्त्री थापाले सांसदहरूलाई जानकारी गराए । उनले सीमा समस्या कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सांसदहरूले तत्कालै सडक निर्माण गरेको क्षेत्रमा सुरक्षाफौज पुऱ्याउन गृहमन्त्रीसँग आग्रह गरेका थिए । सुरक्षा निकायलाई तैनाथ गर्ने विषयमा छाङरूमा सीमा निगरानी चौकी (बिओपी) राख्ने तयारी गरिएको उनले जानकारी दिए । सो ठाउँमा पुगने बाटो नभएकाले बनाउने कार्य जारी रहेको उनले बताए ।

बैठकमा १४ जना सांसदले भाग लिँदै तत्कालै सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले सीमा रक्षाको विषयमा सरकारलाई सबै पार्टीको साथ रहेको उल्लेख गर्दै कूटनीतिक नोट मात्रै नलेखी ठोस कदम चाल्न समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संयुक्त राष्ट्र संघमा अल्पविकसित देशका पक्षमा प्रधानमन्त्री प्रचण्डको आह्वान
जनप्रभाबन्युज विशेष

संयुक्त राष्ट्र संघमा अल्पविकसित देशका पक्षमा प्रधानमन्त्री प्रचण्डको आह्वान

2 weeks पहिले
नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव
जनप्रभाबन्युज विशेष

नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव

3 weeks पहिले
विदेश रहेका दुई छोरा आएपछि मात्र नेम्वाङका अन्त्येष्टि
अन्य

विदेश रहेका दुई छोरा आएपछि मात्र नेम्वाङका अन्त्येष्टि

3 weeks पहिले
भ्रष्टाचारविरुद्धको यो अभियान सुरुवात मात्रै हो : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

भ्रष्टाचारविरुद्धको यो अभियान सुरुवात मात्रै हो : प्रधानमन्त्री प्रचण्ड

3 weeks पहिले
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव डा. अर्याल
जनप्रभाबन्युज विशेष

निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव डा. अर्याल

4 weeks पहिले
महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
जनप्रभाबन्युज विशेष

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

4 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

2 days पहिले
सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

2 days पहिले
अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

6 days पहिले
नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

1 week पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

1 week पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

1 week पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh